काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन बारे बाहिर आएका समाचार र कुरा सत्य नभएको ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकमा ब्रिफिङ गर्दै सत्ता परिवर्तन बारे बाहिर आएका समाचार र कुरा सत्य नभएको जानकारी दिए । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृद् गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष ओलीसँग छलफल भएको जानकारी दिइन् ।










