•            
    • sajhaonlinetv. com

    • १९ असार २०८१, मंगलवार ०५:०७

    माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा जारी

    काठमाडौँं । सत्ता परिवर्तन भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ ।
    सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।
    बैठकमा पछिल्लो विकसित घटनाक्रम आगामी रणनीतिबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।
    बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै