•            
    • sajhaonlinetv. com

    • २० असार २०८१, बुधबार ०९:२२

    टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु

    सिन्धुपाल्चोक ,सामाजिक कथावस्तुमा आधारित टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु भएको छ । आहा फिल्मस् प्रा.लि. तथा मणिलिङ्गेश्वर फिल्म हाउसको ब्यानरमा टेलिसिरियल ‘ माइतीघर ’छायांकन आजदेखि गरिएको हो ।
    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२, ज्योतिष गाउँ ( चिया बगान ) लगायत विभिन्न रमणीय ठाउँहरुमा छायांकन शुरु गरिएको छ । उक्त टेलिसिरियलमा कमल प्रसाद शर्माको प्रस्तुति रहेको छ, भने राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।यस्तै, निर्मातामा नबराज अधिकारी र इश्वरी प्रसाद अधिकारी सह निर्मातामा राजेश कुमाल रहेका छन् । त्यसैगरी, उक्त टेलिसिरियलमा सितल के.सी., जानुका नेपाली, सपना श्रेष्ठ, माधब भण्डारी, कमल प्रसाद शर्मा, विद्या भट्टराई, नबराज अधिकारी, शिबराज शर्मा, इश्वरी प्रसाद अधिकारी लगायतको अभिनय रहने छ । त्यस्तै, उक्त टेलिसिरियलको छायांकनमा मरुभूमि नारायण रहेका छन् , भने मेकअपमा श्रद्धा कडेंल रहेकी छिन् । उक्त टेलिसिरियललाई आहा फिल्मस् युट्युब च्यानलबाट छिटै नै प्रदर्शन गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै