काठमान्डौ ,मिलन चाम्सको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘वर एण्ड बधू’ भदौं १४ गते रिलिज हुने भएको छ।
चलचित्रमा अभिनेत्री आँचल शर्मा र नव–अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका छ। साथमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठलगायत कलाकारको पनि अभिनय छ।
फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल कार्यकारी निर्माता हुन्।
एलआरके प्रोडक्सनको ब्यारनमा बनेको यो फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ।
प्रदीप भारद्धाजको कथा तथा लेखन रहेको चलचित्रमाले सामाजिक विषयलाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ।
नेपाल र रोमानियामा फिल्मको छायांकन गरिएको हो।