काठमाडौँ । प्रचन्ड सरकार नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिए लगतै अल्पमतमा परेको छ ।
आज बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।










