•            
    • sajhaonlinetv. com

    • ३० चैत्र २०७८, बुधबार ०७:१८

    मन्त्रिपरिषद्को बैठक सम्पन्न : सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसी

    प्रधानमत्री निवास बालुवाटारमा बसेको मत्रीपरिषद को बैठक सम्पन्न भएको छ ।सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त गरिएको छ ।

    आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको एकजना मन्त्रीले बताए । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।



    केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए । शैलेन्द्र खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै