•            
    • sajhaonlinetv. com

    • २९ असार २०८१, शुक्रबार ०२:००

    पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदिमा बेपत्ता

    चितवन, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदिमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।
    घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन्
    प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले यकिन विवरण भने आई नसकेको बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै