•            
    • sajhaonlinetv. com

    • ३१ असार २०८१, आईतवार ०३:०७

    राष्ट्रपति पौडेलले आज नयाँ प्रधानमन्त्रीको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्ति गर्ने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको रुपमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्ति गर्ने भएका छन् ।
    उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले साझा अनलाईन टिभीलाई जनकारी दिए । ।
    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न २८ गते शुक्रबार नै आह्वान गरेका थिए ।
    जस अनुसार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।
    राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै