•            
    • sajhaonlinetv. com

    • ३२ असार २०८१, सोमबार ११:२८

    प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबार पुगे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।
    आज सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए । त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आएका थिए ।
    करिब ३ बजेमात्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन् । उनलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै