•            
    • sajhaonlinetv. com

    • १ श्रावण २०८१, मंगलवार ०६:४९

    नेपाली चलचित्र निर्माणमा अमेरिकाका ब्यबसायि प्रिन्स युबराज कार्की र अनिल पाण्डेको उत्साह ।

    काठमाण्डौ—अमेरिकाको सानफान्सीयोस क्यालिफोर्नियामा हस्पीटालिटी क्षेत्रमा ब्यबसायि गर्दै आएका चलचित्र निर्माता प्रिन्स युबराज कार्की र बरिष्ट कलाकार अनिल पाण्डेको नेपाली चलचित्र निर्माणमा निकै उत्साहित देखिएका छन् ।
    “चि मुसी चि”बाट चलचित्र निर्माणमा प्रबेश गरेका प्रिन्स युबराज कार्की , शिबराज कार्की र बरिष्ट कलाकार अनिल पाण्डे शंकर घिमिरेको निर्देशनमा निर्माणधिन चलचित्र “तेल भिषा”को निर्माण कार्यमा निकै उत्साहित भएर लागिरहेका छन् । चलचित्र निर्माण कार्य निकै चुनौति पुर्ण र जोखिम युत्त भए पनि उहाँहरुको यो उत्साहलाई सम्मान गर्नु पर्ने हुन्छ ।
    चलचित्र “तेल भिषा”को पहिलो चरणको छायांकन कार्य अमेरिकामा सम्पन्न गरि दोश्रो चरणको छायांकन चितवानको बिभिन्न रमणीय स्थलहरुमा हुने जानकारी चलचित्रका कार्यकारी निर्माता प्रिन्स युबराज कार्कीले जानकारी दिए ।
    “तेल भिषा”लगतै अर्काे ऐतिहासिक चलचित्र राजमहल को छायांकनमा लाग्ने जानकारी राजमहलका कार्यकारी निर्माता शिबराज कार्कीले जानकारी गराए । चलचित्र “राजमहल”को अहिले प्रि प्रोडक्सनको काम भैरहेको छ ।
    चलचित्र “तेल भिषा”को सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । सिनेमाको पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउने देखिन्छ ।
    यसअघि भदौ २९ गते रिलिज हुने भनिएको सिनेमा अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ । सिनेमाको लागि उपयुक्त मिति लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरे बताउँछन् । सिनेमामा बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको छ ।
    वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, क ल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै