काठमाडौं । नेपाली चलचित्र ‘छक्कापञ्जा ५’ को छायांकन सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम हिजो बुधबार छायाङ्कन गरिएको हो ।
छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायांकन टुंगिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो ।
सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायांकन लगत्तै पोस्ट–प्रोडक्सनमा जानेछ ।
यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक-दीपा छन् ।