काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा आफू खुसी भए पनि अहिले विश्वासको मत भने नदिने बताएका छन् ।
विगतमा एमालेसँग दुईवटा चुनावमा सहकार्य गरेको भन्दै लिङ्देनले आफूहरूले भोट दिएका व्यक्ति प्रधानमन्त्री बनेको भन्दै खुसी व्यक्त गरे ।










