काठमाडौँ-काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना भएको छ ।
आज बुधबार जहाज बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।