काठमाडौँ-काठमाडौँमा साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको विमान बुधबार बिहान ११:११ बजे विमानस्थलमै दुर्घटना हुँदा विमान सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो। सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको केएससी अस्पतालमा उपचार भइरहेको छ।










