काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’मा समावेश दृश्यलाई लिएर विवाद उत्कर्षमा पुगेको छ ।
विवाद चर्किंदै गर्दा पोखरास्थित गुरुङ समुदायको संस्था तमु धिं नेपालले स्थानीय एक हललाई पत्र लेख्दै अनिश्चितकालका लागि हल बन्द गरिदिन भन्दै चेतावनीसहितको पत्र लेखेको छ ।
संस्थाका अध्यक्ष हुम गुरुङले मिडटाउन सिनेमाजलाई पत्र लेख्दै फिल्ममा समावेश रोधिं शब्द नहटाएसम्म वा संशोधन नगरेसम्म गण्डकी प्रदेशमा कुनै पनि फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएको छ ।