•            
    • sajhaonlinetv. com

    • १६ श्रावण २०८१, बुधबार १४:५८

    ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्यद्वयलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । सञ्चालकद्वयले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।सञ्चालक समितिको मर्यादा र अनुशासन कार्यहरु गरेको विभिन्न माध्यमबाट जानकारी तथा गुनासो प्राप्त भएको भन्दै उक्त सम्बन्धमा के कसो भएको भन्दै लिखित स्पष्टीकरण पेस गर्न यहि साउन १५ को मन्त्रिस्तरीय निर्णय गरेको समेत पत्रमा उल्लेख छ ।
    मन्त्रिपरिषद्बाट आएको निर्णय कार्यान्वयन गर्ने क्रममा प्राधिकरण सञ्चालक समितिले निर्णय गरी प्राधिकरण व्यवस्थापनले प्रक्रिया पुर्‍याएर बिजुली काटेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद‌्‌बाट नै लिखित आउनुपर्ने उनीहरुको तर्क थियो ।
    गत २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखााची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।
    सञ्चालकद्वयलाई बर्खास्त गरी आफू अनुकूल व्यक्ति भित्र्याई डेडिकेटेड र ट्रंकलाइको बक्यौता छुट दिन लागिएको हुन सक्ने मन्त्रालय स्रोतले जनायो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै