•            
    • sajhaonlinetv. com

    • १५ चैत्र २०७८, मंगलवार ०७:१७

    एन्फाको विशेष साधारण सभा सुरु

    अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा जारी रहेको छ ।


    एन्फाले यसअघि स्थगित गरेको विशेष साधारण आजदेखि सुरु भएको हो । एन्फाले प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरिएको थियो ।



    साधारण सभामा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने बताइएको छ  । एन्फाका निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ ।

    समाचार स्रोत : रातो पाटी

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै