•            
    • sajhaonlinetv. com

    • २२ श्रावण २०८१, मंगलवार १०:४१

    ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’विश्वस्थ रहनुस् : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने आफ्नो प्रतिबद्धतामा विश्वस्थ रहन आग्रह गरेका छन ।
    भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिमा भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको बताए । ‘कहिल्यै भ्रष्टाचार गरिनँ, गर्न इजाजत दिएको छैन । मेरो नजरभन्दा बाहिर भएको भए बेग्लै कुरा हो,’ चित्रगुप्तका पनि अगाडि जवाफ दिन तयार रहेको भन्दै उनले भने, ‘मेरो बुताभन्दा बहिर अरुले गरेको कुरा रोक्न नसकिएको होला । तर गर्न दिएको
    होइन ।
    छलफलमा रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको प्रतिबद्धता पुरानै भएको भन्दै कसरी भन्ने प्रश्न गरे । दलहरुको संलग्नता जगजाहेर रहेको भन्दै उनले सोधेका थिए, ‘यसलाई अन्त्य गर्न निरन्तरको प्रतिबद्धता पर्याप्त होला र ?’

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै