•            
    • sajhaonlinetv. com

    • २६ श्रावण २०८१, शनिबार १३:१६

    प्रथम साझा म्युजिक अवार्ड—२०८० सम्पन्न, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको उपाधी सबिन कुमार तोलाङ्गी पाए ।

    काठमाण्डौ-पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन भन्ने मुल नारा सहित साझा अनलाईन टिभिको आयोजनामा प्रथम साझा म्युजिक अवार्ड—२०८० सम्पन्न भएको छ ।
    पुर्ब प्रधानमन्त्री तथा ने.क.पा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रमुख अथित्यमा राष्ट्रिय नाँचघर,जमल,काठमाण्डौमा प्रथम साझा म्युजिक अवार्र्ड—२०८० सम्पन्न भएको हो ।
    सबिन कुमार तोलाङ्गीको निर्देशनमा बनेको “चोलि स्याइदिउला” म्युजिक भिडियोले सर्वाधिक अवार्ड जित्न सफल भएको छ । सर्वोत्कृष्ट निर्देशक सबिन कुमार तोलाङ्गी , सर्वोत्कृष्ट गायक राजन श्रेष्ठ, सर्वोत्कृष्ट गायिका माण्डबी त्रिपाठी, सर्वोत्कृष्ट कोरियोग्राफर सन्ध्या पराजुली, सर्वोत्कृष्ट कला निर्देशक सबिन भट्टराई,सर्वोत्कृष्ट सह निर्देशक समिर कुमार मगर, सर्वोत्कृष्ट ब्यास्थापक भुवन श्रेष्ठ रहेका छन् ।
    त्यस्तै गरि सर्वोत्कृष्ट सिनेमाग्राफरको अवार्ड “सकमबरी” बाट नबराज उप्रेती, सर्वोत्कृष्ट सहायक सिनेमाटोग्राफर याँग्यालु सेर्पा , सर्वोत्कृष्ट म्याकप आट्रिस्ट को अवार्ड रबिना थापा तोलाङ्गीले “पिरतीको खाता”गितबाट जित्न सफल भइन भने जुनी काट्ने मन छ बाट सर्वोत्कृष्ट हेयर स्टालिष्टको अवार्ड बम बहादुर बोहराले जित्न सफल भएका छन् ।
    अवार्डमा बिभिन्न भाषाका गित तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम निकै भब्य र सभ्य ढंगले सम्पन्न भयो ।
    कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक सस्कार र सस्कृतिको सम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रसंसा युक्त काम भएको उहाँले
    बताउनुभयो ।
    सो कार्यक्रममा नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र बरिष्ट लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
    कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागी आफुहरुले निकै मेहनत गरेको कार्यक्रम संयोजक इश्वरी प्रसाद अधिकारीले बताउनुभयो । अवार्ड समारोहमा राष्ट्रिय भावका गीत तर्फ कला पंर्गेनी , राष्ट्रिय भावको जुरी अवार्ड तर्फ शितल शर्मा , सर्वोकृष्ट लोक गीत बोल माया प्रकाश सपुत , सर्वोकृष्ट आधुनिक गीत रमेश राज भटटराई , लोकदोहोरी गायक खुमन अधिकारी ,लोक दोहोरी गायिका पुर्णकला वि सी , लोकदोहोरी शब्द शिव हमाल , लोक दोहोरी लय कस्तुप पन्त , लोकदोहोरी मोडल अभिनय पुरुष विमल अधिकारी , लोकदोहोरी मोडल महिला मन्जिता केसी , लोकदोहोरी मोडल नृत्य पुरुष दिनेश थापा , लोक दोहोरी मोडल महिला बिषासा विसी , लोकदोहोरी मोडल महिला पब्लिक च्वाइस रिना थापा मगर , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक कपिल लामा , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक नृत्य विक्रम चौहान , जुरी शंकर विसी , सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक अविनास डिसी , सर्वोकृष्ट आधुनिक मोडल पुरुष सनव कठायत ,सर्वोकृष्ट आधुनिक मोडल महिला सगुन शाही , सर्वोकृष्ट आधुनिक भिडियो सम्पादक सायल खान , सर्वोकृष्ट आधुनिक शब्द आधुनिक एक नारायण भण्डारी , सर्वोकृष्ट आधुनिक संगीतकार राजकुमार बगर , सर्वोकृष्ट पप गायिका सन्धा बुढा , सर्वोकृष्ट पप गायिका इन्दिरा भटट्राई , सर्वोकृष्ट पप गीत शब्द किरण चेम्जोङ , सर्वोकृष्ट पप संगीत राजेन्द्र भटट् , सर्वोकृष्ट पप भिडियो निर्देशक असोक विक , सर्वोकृष्ट पप मोडल पुरुष लोमस शर्मा , सर्वोकृष्ट पप गायक रोशन सिंह , सर्वोकृष्ट पप गायक जुरी अवार्ड रन्जित लामा , सर्वोकृष्ट मोडल अभिनय पुरुष आकाश कुँवार , सर्वोकृष्टमोडल अभिनय मोडल महिला साया भण्डारी , नव गायिका आधुनिक भावना आचार्य , जुरी अवार्ड सुस्मिता राई , सर्वोकृष्ट लोकदोहोरी नव गायक शिव कार्की , सर्वाधिक लोकदोहोरी नव गायिका सुन्तामी परियार , सर्वोकृष्ट काठे गायिका उमा श्रेष्ठ बेष्ट अवार्ड , काठे भाका प्रकाश कटुवाल , सर्वोकृष्ट देउडा गायिका लक्ष्मी आचार्य , सर्वोकृष्ट देउडा गायक बैकृुण्ठ महत , सर्वोकृष्ट पुर्वेली लोक गायक गंगा प्रसाद घिमिरे , सर्वोकृष्ट पुर्वेली लोक गायिका सत्यकला राई , सर्वोकृष्ट तामाङ सेलो गायक योगेश लामा , सर्वोकृष्ट तामाङ सेलो गायिका रेश्मा बोम्जन , साथै विभिन्न नव तथा विशिष्ट कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन चर्चित उदघोषक दिनेश डिसीले गरेका थिए ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै