•            
    • sajhaonlinetv. com

    • २७ श्रावण २०८१, आईतवार ०६:३८

    सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा ‘इन्द्रेणी’ बोलको गीत सार्वजनिक

    गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा ‘इन्द्रेणी’ बोलको गीत सार्वजनिक भएको छ। आई एम इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गीत प्रेमिल छ।
    गीतको भिडिओमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन। दुबैबीचको प्रेम र रोमान्सलाई भिडिओमा देख्न सकिन्छ।
    भिडिओमा कैद गरिएको सुन्दर लोकेसन र दृष्यहरुले पनि दर्शकको ध्यान खिच्छ। भिडिओमा जोडीको रुपमा देखिएका माया र इन्द्र डेनमार्कमा बस्छन्।
    सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ।
    राजिव समरको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङले खिँचेका हुन्। गीतको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्।
    गीतमा उदय राज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै