निराज रानाभाट, ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोमा विगत ३ दशकदेखि शिक्षामा योगदान पु¥याउँदैं आएको ब्राइट पयुचर स्कूल एण्ड कलेजले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ), प्स टु साथै स्नातक तहमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यसैं वर्ष २०८१ मा कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याएको कलेजले स्नातक तहमा समेत उत्कृष्ट शिक्षा प्रदान गरिरहेको हालै प्रकाशित नतिजाले सावित गरेको छ ।
शिक्षा संकाय प्रथम वर्षमा छात्रा यमुना बोगटीले ७५.२१ प्रतिशत अंक हासिल गरी देशभरबाट नै अर्थात् त्रि.वि. टप गर्न सफल भएकी छिन् । त्यस्तै, ब्राइट फ्युचर स्कूल एण्ड कलेजकै अप्सरा चौलागाई त्रि.वि. तृतीय एवं सिम्रन गोपालीले दशौं स्थान हाँसिल गरेकी छन् । पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको कलेज प्रिन्सिपल किशोर अधिकारीले बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका साथै पढाईमा केन्द्रित गर्न कलेजले कुनै कुरामा सम्झौता नगरेको अधिकारीले बताए ।
सक्षम व्यवस्थापन, विद्यालयमैत्री वातावरण र अब्बल शिक्षकका कारण विद्यालयले विद्यालय तहदेखि कलेज तहसम्मै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउनुले शिक्षामा ब्राइट फ्युचर स्कूल एण्ड कलेजको योगदान बढ्दै गएको प्रस्ट हुन्छ ।