•            
    • sajhaonlinetv. com

    • २ भाद्र २०८१, आईतवार ०२:३२

    अनुया तामाङले जितिन ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

    काठमाडौँ । चर्चित सिङ्गिङ रियालिटी शो‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा उपाधि जितेकी हुन् ।
    विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका छन् ।
    कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै