•            
    • sajhaonlinetv. com

    • ७ भाद्र २०८१, शुक्रबार ०४:३१

    नेपाली चलचित्र‘सतीदेवी’ र ‘नमेटिने घाउ’आज बाट देश भर प्रदर्शन

    काठमाण्डौ । नेपाली चलचित्र‘सतीदेवी ’ र ‘ नमेटिने घाउ ’ हलमा प्रदर्शन भएका छन् । लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र ‘सतीदेवी ’ ले लैंगिक समानताको कथा उठान गरेको छ । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह – अवरोह र समाजको पितृसत्तात्मक सोच विरुद्ध संघर्ष गर्ने महिलाको कथावस्तुमा चलचित्र बनेको छ । यसमा मलिका महतले शीर्ष भूमिकामा अभिनय गरेकी छिन् । साथमा सृजना अधिकारी, हर्षिका ओली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, सृजना अधिकारी, बिमल श्रेष्ठ, देव महर्जन, इश्वरी सिंह, पवन के.सी., जयन्त रेग्मी, इभने जोशी, इश्वरी सिंह, तुलसी श्रेष्ठ, जगदीश अधिकारी, सन्देश लिम्बु, मनिषा सापकोटालगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको चलचित्र ‘ सतीदेवी ’ को निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्र ‘ सतीदेवी ’ मा सुवेदीकै पटकथा र संवाद छ ।
    ‘नमेटिने घाउ’लाई भने अभिनेता रमित ढुंगानाले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । ३३ जना एसिड पीडितको कथामा बनेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल लगायतका नेताहरुको पनि अभिनय छ । मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी लगायतको अभिनय रहेको फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै