•            
    • sajhaonlinetv. com

    • १२ भाद्र २०८१, बुधबार ११:५०

    एमालेका सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

    काठमाण्डौ । सभामुख देवराज घिमिरेले आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
    भट्टराईले बोल्ने क्रममा सांसद भट्टराईले माओवादीले संचालन गरेको ‘हिंसा’का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए ।
    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । भट्टराईले माओवादी सांसदहरूले बोलिरहेका बेला पनि उक्त शब्द प्रयोग गरेका थिए । पाण्डेले भने, ‘नियमको उलंघन भइरहेको छ, यो संसद्को नियमावलीको २६ मा नियमापत्तिको विषय छ । यहाँ न त दिइएको समयको पालन गरिएको छ न त संवैधानिक र नियमावलीका भाषा पालन गरिएको छ । यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।’
    त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिएका थिए । त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएका थिए । माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो ।
    भट्टराईले भने माओवादीका प्रमुख सचेतकले नियमापत्तिका लागि समय माग्दा पनि माओवादीले विगतमा हिंसा गरेको भन्दै पटक-पटक दोहोर्‍याएका थिए ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै