•            
    • sajhaonlinetv. com

    • १६ भाद्र २०८१, आईतवार ०२:४१

    मन्त्रिपरिषद्ले १७ राजदूतको आज देखी सुनुवाइ सुरु

    काठमाडौँ । मन्त्रिपरिषद्ले १७ देशका लागि सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ आइतबारदेखि सुरु हुने भएको छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना समितिबाट पारित भएको छ ।
    संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ । समिति सभापति ईश्वरी न्यौपानेले प्रस्तावित राजदूतविरुद्ध उजुरी दर्ता गराउनेहरूसँग छलफल भइसकेकाले सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको बताइन् । चार व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन् । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको हो । १३ जनाविरुद्ध भने उजुरी परेको छैन ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै