काठमाण्डौ ,राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनका लागि नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तरूले आज शिष्टचार भेट गरेका छन्। राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमा जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा राखे। उनले राज्यमा जनताको पहुँच र स्वामित्व स्थापित गर्न निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए।