काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बुधबार साँझ पाँच बजे प्रधानमन्त्रीको कार्यलय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधवारकै लागि बोलाइएको हो । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ।










