•            
    • sajhaonlinetv. com

    • २७ भाद्र २०८१, बिहीबार १०:५६

    नेपाली कथानक चलचित्र ‘तेल भिसा’को दोस्रो गीत “टुकुन मुकुन” सार्वजनिक

    काठमाण्डौ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र ‘तेल भिसा’को दोस्रो गीत “टुकुन मुकुन” सार्वजनिक गरिएको छ ।
    कृष्ण भारद्वजको संगीतमा तयार भएको गीतमा निर्भीकल्पम , कृष्ण भारद्वज , शंकर अधिकारी घायल र नबिन बि.क को शब्द रचना छ भने शान्ती श्रीपरियार ,सैरज खातीको स्वर रहेको छ ।
    गीतमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ ,जाहन्वी बस्नेत ,सुचित्रा उप्रेती ,अनिल पाण्डे ,शिवराज कार्की र प्रिन्स युवराज कार्की छन् । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । छोरा (विपिन कार्की)को सन्तान हुन लागेपछि नेपालबाट आमा (पूजा चन्द) अमेरिका पुगेपछिको अवस्थालाई गीतमा देखाइएको छ । गीतको अन्त्यमा पूजालाई अमेरिकी प्रहरीको नियन्त्रणमा देख्न सकिन्छ ।
    आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै