•            
    • sajhaonlinetv. com

    • २८ भाद्र २०८१, शुक्रबार ००:५०

    लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।
    सिफारिस समितिले छनोट गरेका ५ जना उम्मेदवारहरूमध्येबाट उनलाई सीईओमा नियुक्त भएका हुन् । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।
    समितिले ज्ञवालीसहित अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगानालाई सिफारिस गरेको थियो । उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै