•            
    • sajhaonlinetv. com

    • २८ भाद्र २०८१, शुक्रबार ०५:०५

    बागलुङमा जिप दुर्घटना,तीन जनाको मृत्यु ,एक जना घाइते

    बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज (शुक्रबार) जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
    दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।
    बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीका अनुसार अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटना भएको हो।
    दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। दुर्घटनामा एक पुरुष घाइते भएका छन्।
    प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै