•            
    • sajhaonlinetv. com

    • १ आश्विन २०८१, मंगलवार १२:४१

    सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको”चमेली फुलको हजुर” गितको म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौ । सबिन कुमार तोलाङ्गीको निर्देशनमा बनेको “चमेली फुलको हजुर” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    राजन श्रेष्ठ र माण्डबी त्रिपाठीको समधुर आवज रहेको उक्त गीतको म्युजिक भिडियो आज OSR युटुभ च्यानल मार्फत सार्वजनिक भएको हो ।
    बसन्त भिमिरेको शब्द,भगवान भुजेलको संगित र बिपिन आर्चायको यारेन्ज रहेको “चमेली फुलको हजुर” गितको म्युजिक भिडियोमा चर्चित मोडल उसा उप्रेती, साया भण्डारीको साँथमा प्रिन्स युबराज कार्की र अनुराग थपलियको अभिनय रहेको छ ।
    अनिल पाण्डे कार्यकारी निर्माता र शिबराज कार्की निर्माता रहेका उक्त म्युजिक भिडियोमा करण सिंह चैसिरले छायांकन गरेका छन भने कोरियोग्राफी सन्देश बिकेले गरेका छन् जसमा सह-निर्देशक बिकल छेत्री रहेका छन् । भिडियो सम्पादन पदम सुबेधी ले गरेका छन ।
    मदर ल्याण्ड नेपालको प्रस्तुती रहेने उक्त म्युजिक भिडियोमा एभरेष्ट कुइसिने हस्पीटालिटी पार्टनर रहेको छ भने काठमाण्डौका बिभिन्न रमणीय स्थलमा छायांकन गरिएको थियो ।
    नेपाली कथानक चलचित्र तेल भिषाको छायांकन सकेर अमेरिका फर्कन लागेका पाण्डे ऐतिहासिक बिषयमा आधारीत चलचित्र “राजमहल”को छायांकन र “तेल भिषा” को प्रर्दशण गर्न नेपाल आउने छन् ।
    म्युजिक भिडियो “चमेली फुलको हजुर” मा मिडिया पार्टनर जनअपडेट डटकम,साझा अनलाईन टिभि रहेका छन भने मिडिया कोडिनेटर पत्रकार निराज रानाभाट रहेका छन् ।
    कमल प्रशाद शर्मा को निर्माण सम्योजन रहेको म्युजिक भिडियोमा भुवन श्रेष्ठ ब्याबस्थापक ,रबिना थापा तोलाङ्गी र जोर्डन को श्रीङ्गार रहेको छ

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै