•            
    • sajhaonlinetv. com

    • १२ आश्विन २०८१, शनिबार ०३:२९

    भारी वर्षाका कारण पहिरो जाँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध

    काठमाडौं । भारी वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
    नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
    तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र-३-०१-०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भैरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भैरहेको छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै