•            
    • sajhaonlinetv. com

    • १९ आश्विन २०८१, शनिबार ०३:१७

    स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’को सुखद् ओपनिङ

    काठमाण्डौ,स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ले सुखद् ओपनिङ गरेको छ।
    घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन देशभरका हलबाट ८० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट वितरक अशोक शर्माले सार्वजनिक गरेका छन्।
    उनका अनुसार फिल्मलाई बिहीबारका लागि देशभर गरेर ३४० भन्दा धेरै शो दिइएको थियो।
    यो फिल्मको शीर्ष भूमिकामा निश्चल बस्नेत र स्वस्तिमा खड्का स्वयं छन्। साथमा बसुन्धरा भुषाल, विजय बराल, सिम्ररन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरू विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय छ।
    सजन काफ्ले र आकाश बरालले फिल्मको लेखन तथा निर्देशन गरेका हुन्। कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे छन्।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै