•            
    • sajhaonlinetv. com

    • ४ कार्तिक २०८१, आईतवार ०२:५४

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका(रा.स.पा)सभापति लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

    पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
    पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले साझा अनलाइन टिभी लाई बताए । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी कान्डमा मुछिएका थिए ।
    रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।
    रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै