•            
    • sajhaonlinetv. com

    • १३ कार्तिक २०८१, मंगलवार ०५:३०

    आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ

    काठमाण्डौ । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ।
    अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ।
    नेपालले आज खेल्न लागेको लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ। नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग-२ को खेलमा नेपाल जितबिहीन छ।
    लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ।
    अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो।
    स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ।
    यसअघि अघिल्लो वर्ष लिग-२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो। टियु ग्राउन्डमा त्यतिबेला पहिलो खेलमा तीन र दोस्रो खेलमा २ विकेटले स्कटल्याण्ड पराजित भएको थियो।
    अमेरिकामै लिग-२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी-२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग-२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै