•            
    • sajhaonlinetv. com

    • २४ कार्तिक २०८१, शनिबार १४:०४

    ‘तेल भिसा’को ट्रेलर सार्वजनिक

    काठमाडौँ । शङ्कर घिमिरेको निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिरको ७ गतेदेखि रिलिजमा आउन लागेको फिल्म शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा बाबु–आमा र सन्तानको कथा देखाइएको छ ।
    फिल्मको ट्रेलरमा अमेरिका पुगेको छोरा, बाबु र आमाको पीडाको कथा छ । यस्तै, अमेरिका पुगेका श्रीमान् र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढाव पनि देखाएको छ ।
    अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा तयार भएको फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा पृन्स युवराज कार्की कार्यकारी निर्माता रहेका छन् भने अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेका छन । शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै