काठमाण्डौ । साया भण्डारी र बिक्रम बुढाथोकीको अभिनय रहेको “यो हुन सक्दैन” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायक प्रमोद खरेलको समधुर आवज रहेको “यो हुन सक्दैन” गीतको शब्द तथा संगित रोशन सिंह रहेको छ भने यारेन्ज बिसाल निरौलाले गरेका छन् । उक्त गीत मारुनी रेकडीङ स्टुडियोमा रेकड गरिएको हो । म्युजिक भिडियो संगितकार रोशन सिंहकै अफिसिएल युटुभ च्यानल रोशन सिंहबाट सार्वजनिक भएको छ ।
एटोम रिजालको निर्माणमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम सौहानले गरेका छन भने सिनेमाटोग्राफी प्रकाश खड्काले गरेका छन् । श्रींगार अनिमेस जोडन, भिडियो सम्पादन लक्षमन चौहान, कलर मिलन बि.कको रहेको छ ।
भिडियोमा साया भण्डारी र बिक्रम बुढाथोकीको घनिष्ट प्रेम सम्बन्ध र संघर्ष देखाइएको छ । साया र बिक्रमले निकै सुन्दर अभिनय गरेका छन् ।










