•            
    • sajhaonlinetv. com

    • २७ पुष २०८१, शनिबार ०३:३५

    फ्लोरिकल्चर एसोसिएसन नेपालको विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित

    निराज रानाभाट, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल( फ्यान ) को विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा राजेश भक्त श्रेष्ठ भएका छन् । राजधानी काठमाडौंमा सम्पन्न विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ ( निर्विरोध निर्वाचित ) र उपाध्यक्षमा सुमन महर्जन रहेका छन् ।
    त्यसैगरी, महा – सचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं ( निर्विरोध निर्वाचित ) रहेका छन् । यसैगरी, कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ रहेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै