काठमाडौँ । पूर्व उप-प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो ।
अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा गतसाता नै अभियोग दर्ता भइसकेको थियो। उनलाई ५ करोड ८ लाख रूपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।