•            
    • sajhaonlinetv. com

    • २९ पुष २०८१, सोमबार ११:१३

    रवि लामिछानेको थुनछेक बहस सकिएन,मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा आज पनि पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन । बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता र सरकारी वकिल ९ जनाले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले लामिछानेको पीडितको तर्फबाट बहस गरेका थिए ।
    यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै