काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतीपक्षमा रहेका दलहरुको संयुक्त बैठक बोलाएको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने उनीहरूको तयारी
छ । बैठकमा सबै विपक्षी दलहरूलाई बोलाएको माओवादी एक केन्द्रिय नेताले जनाए।
यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ ।