काठमाडौँ । ऋषि लामिछानेको निर्देशनमा निर्माणधिन नेपाली कथानक चलचित्र ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई अनुबन्ध गरेको हो ।
चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’को पनि मुख्य भूमिका रहनेछ । वर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतको समेत अभिनय रहने चलचित्र सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गर्दैछन् भने संगीत दीपक शर्माले तयार गर्दैछन् ।