•            
    • sajhaonlinetv. com

    • १२ माघ २०८१, शनिबार ०३:५५

    तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड:सबिन कुमार तोलाङगीले पाए उत्कृस्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

    काठमाडौँ । सेलिब्रेटी नेपाल प्रतिस्ठानको आयोजनामा सम्पन्न ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को तेस्रो संस्करण बिहीबार साँझ भब्य रुपमा सम्पन्न भयो । उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड मिलन चाम्सले पाउदै गर्दा उत्कृस्ट म्युजिक भिडियो निर्देशकको (पब्लिक च्वाइस अवार्ड) अवार्ड पिरतिले सल्काई देउ गितको म्युजिक भिडियो बाट सबिन कुमार तोलाङगीले प्राप्त गरे ।
    कार्यक्रममा गित ,संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा कलाकर्मी तथा उनीहरूको सृजनाले अवार्ड प्राप्त
    गरे ।
    चलचित्र विकास बोर्डको हलमा आयोजित अवार्डमा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई रु.२५,५५५ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरियो । सोही कार्यक्रममा पत्रकार सामिप्यराज तिमल्सिनालाई रु.११,१११ नगदसहित पत्रकारिता पुरस्कार प्राप्त गरे । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा फिल्म र गीतसंगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।
    कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ठ पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमल प्रसाद दाहाल, फेशन डिजाइनर पुरन बहादुर कुँवर, गायक रुद्र शेखर शर्मालगायतको उपस्थिति रहेको अवार्डको जुरीमा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए ।
    गीतसंगीत तर्फ अवार्ड विजेता
    उत्कृष्ट गायन पुरुष (आधुनिक) : रमेश पाठक (सातै सुर)
    उत्कृष्ट गायन महिला (आधुनिक) : मनु दाहाल (एउटै बर्को पिरतीको)
    उत्कृष्ट संगीतकार ( आधुनिक) : नरहरि प्रेमी (मनको मझेरी)
    उत्कृष्ट गायिका (लोक) : आशा लामा ‘ज्ञानमाला’ (रातो रातो गाला)
    मिक्स मास्टरिङ्ग : चन्द्र चौधरी – जुग जाने माया
    उत्कृष्ट म्युजिक भिडियो निर्देशक : कृष्ण पौडेल –भन कति चाहियो माया
    उत्कृष्ट म्युजिक भिडियो निर्देशक (जुरी अवार्ड): दिलिप समन– पान पुतली माया
    उत्कृष्ट म्युजिक भिडियो निर्देशक (पब्लिक च्वाइस अवार्ड) : सविन कुमार तोलाङगी – पिरतीले सल्काई देउ
    उत्कृष्ट म्युजिक भिडियो छायाँकार : रामेश्वर हुमागाईं – एउटै बर्को पिरतीको
    उत्कृष्ट कोरियोग्राफरः प्रकाश तिमल्सिना – प्रेमिल मन
    उत्कृष्ट मेकअप आर्टिस्ट : रबी केसी – ए जिन्दगी
    उत्कृष्ट मोडल पुरुष (आधुनिक) : पुस्कर राउत – झुठो बोल्दिन
    उत्कृष्ट मोडल पुरुष (जुरी अवार्ड) : अनुराग थपलिया – पिरतीले सल्काई देउ
    उत्कृष्ट मोडल महिला (आधुनिक) : साया भण्डारी – चमेली फूल को हजुर
    जुरी अवार्ड : कबिता न्यौपाने – थाहै थिएन
    उत्कृष्ट शब्द रचना : केशव शर्मा बेलबासे – बुझ्नै सकिन
    उत्कृष्ट लोक गायन मेल : शम्भु फोम्बो – पुर्वैको मारुनी
    जुरी अवार्ड : देवराज आले – मास्टरनी
    उत्कृष्ट मोडल लोक (पुरुष) : भुवन के.पोखरेल – सिर सिर पिपल पातले
    जुरी अवार्ड : सुरेन्द्र महर्जन – गाउँ हेर्यो गाउँ सबै
    उत्कृष्ट गायन (नयाँ प्रतिभा) : सोनीका प्रिन्सेस – सिन्धुली घुम्न जाउँ
    जुरी अवार्ड : एड्रिका थापा – वन टाइम
    उत्कृष्ट मोडल (नयाँ प्रतिभा)
    बिबेक कार्की : खुल्दुली २
    पब्लिक च्वाइसः प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
    जुरी अवार्ड : इश्वर श्रेष्ठ – नयन ले खोजी
    उत्कृष्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो : पुस्पान्जली तित्लिंग लिम्बु
    पब्लिक च्वाइस अवार्ड : संजिव थेबे लिम्बु
    फिल्म तर्फको विजेता
    उत्कृष्ट फिल्म : बुलाकी
    उत्कृष्ट फिल्म निर्देशक : मिलन चाम्स (गोर्खा वारियर)
    उत्कृष्ट अभिनेत्री : दिया पुन (दयारानी)
    उत्कृष्ट अभिनेता : मुकुन भुषाल (गणपती)
    उत्कृष्ट पटकथा : राज बहादुर साने (बुलाकी)
    उत्कृष्ट नव अभिनेता : बिराज बिस्ट ( बुलाकीं)
    जुरी अवार्ड : रितेश चाम्स (गोर्खा वारियर)
    कल्चरल फिल्म तर्फ
    उत्कृष्ट अभिनेता (कल्चरल फिल्म) : सागर केरुङ्ग (चे)
    उत्कृष्ट अभिनेत्री (कल्चरल फिल्म) : लक्ष्मी योङ्घहाङ्ग लिम्बु (रीत)
    उत्कृष्ट निर्देशक (कल्चरल फिल्म) : दिनेश लिङ्ग्देन (रीत)
    उत्कृष्ट पटकथा (कल्चरल फिल्म) : सागर केरुङ्ग (चे)
    उत्कृष्ट कल्चरल फिल्म : लोजिमा
    उत्कृष्ट सह अभिनेता (कल्चरल फिल्म) : पूर्ण सेलिङ्ग (रीत)

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै