काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाली चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनी अन्तरिम आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सहिद दिवसको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ । तर फिल्मको प्रदर्शनका लागि हलले अग्रिम बुकिङ खुल्ला गर्दै टिकट समेत बेचेका छन् । फिल्मनै प्रदर्शन नहुने भएपछि बिक्री भएको टिकट के हुन्छ ? यो विषयमा सर्वसाधारण अन्योलमा रहेका छन् ।