•            
    • sajhaonlinetv. com

    • २८ माघ २०८१, सोमबार १२:२७

    बागमती प्रदेश सहकारी संघ लिमिटेड र डिजिटल वालेट खल्ती प्रा.लि. बीच दुई पक्षीय सम्झौता

    निराज रानाभाट, ललितपुर । ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को लागि बागमती प्रदेश सहकारी संघ लिमिटेड र डिजिटल वालेट खल्ती प्रा.लि. बीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ लिमिटेड र खल्ती प्रा.लि. को बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’ को लागि सहभागीहरुको रजिष्ट्रेशन खल्ती एप्लिकेशनबाट गराउने सहमति – पत्रमा एक कार्यक्रमका बीच खल्ती प्रा.लि. को कार्यालयमा हस्ताक्षर गरिएको छ । उक्त पत्रमा संघको तर्फबाट अध्यक्ष रामशरण शर्मा घिमिरे र खल्तीको तर्फबाट व्यवसाय साझेदार वसन्त दहालले हस्ताक्षर गरेका छन् ।
    सम्मेलनमा सहभागी हुनका लागि सहकारीकर्मीहरुले खल्ती एपबाट सिधै रजिष्ट्रेशन गर्न सकिने र दर्ता प्रक्रिया प्रभावकारी हुने विश्वास हस्ताक्षर कार्यक्रममा दुवै तर्फका हस्ताक्षर कर्ताहरुले लिएका छन् । संघका तर्फबाट महा – सचिव नेत्रराज पौडेल र व्यवस्थापक रुपक घिमिरे, संघको प्राविधिक सहयोगी पायोनियर एसोसशिएट प्रा.लि. का वरिष्ठ प्रबन्धक सन्दीप रानाभाटलगायत खल्तीको तर्फबाट विभागीय प्रमुख दिवाकर बाँस्कोटा र प्राविधिक सफल श्रेष्ठलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ

    सम्बन्धित खवर

    आज देखि ‘होस्टेल ३’ देशब्यापी प्रदर्शन हुँदै

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै