•            
    • sajhaonlinetv. com

    • २९ माघ २०८१, मंगलवार ०५:१२

    पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड खेल्न बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग

    चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो । श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक विद्यालय, श्री आदर्श माध्यमिक विद्यालय, श्री भीमनगर माध्यमिक विद्यालय, श्री जनज्योती प.द.म माध्यमिक विद्यालय र श्री शारदा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरुलाई जर्सी सहयोग गरिएको हो । चनौली पार्टी प्यालेसमा एक कार्यक्रमका बीच खेलाडी र विद्यालयका शिक्षक प्रतिनिधिहरुलाई जर्सी हस्तान्तरण गरिएको छ ।
    जर्सी हस्तान्तरण कार्यक्रमा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर १८ का खेलकुद विकास संयोजक कविराज तामाङले विद्यार्थीहरुलाई जर्सी वितरण गरेर बेस्ट डेस्टिनेशनले उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए । यस्तै, बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक संजय कुँवरले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अग्रसर बनाउनु पर्छ भनेर खेलकुदका सामग्री सहयोग गर्ने गरिएको बताए । देशमा खेलाडी उत्पादन गर्न विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गरिनु पर्ने कुँवरको धारणा छ । सामाजिक उत्तरदायित्व बहन गर्दै बेस्ट डेस्टिनेशनले समाजमा विभिन्न योगदान पुर्याउँदै आएको बताउँदै कुँवरले खेलाडीलाई हौसला प्रदान गर्न यसपटक जर्सी वितरण गरिएको जनाए ।
    कुँवरका अनुसार पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, साउथ कोरिया, यु.के र युएई जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गमा विद्यार्थीहरुलाई सहयोग गर्ने कामहरु बेस्ट डेस्टिनेशनले गरिरहेको प्रबन्ध निर्देशक कुँवर बताए । बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै माध्यमिक शिक्षा परीक्षा ( एसईई ) पछाडिका विभिन्न ब्रिज कोर्स, विभिन्न तहका कम्प्युटर कक्षाहरु, विभिन्न विधाका तालिमहरु चनौलीबाटै प्रदान गर्दै आइरहेको छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै