काठमाडौं – नेपाली कथानक चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको २४ नबित्दै ट्रेन्डिङ नम्बर ११ मा परेको छ । उक्त ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको यो ट्रेलर हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ ।
नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यस ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ। कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (UAE) मा पाँचौँ स्थान ओगट्न सफल भएको छ । यस्तै जापान र अस्ट्रेलियामा सातौँ स्थान, माल्टामा पनि सातौँ स्थान, मलेसियामा एघारौँ स्थान, दक्षिण कोरियामा चौधौँ स्थान, र बेलायत (UK) मा अट्ठाइसौँ स्थान ओगटेको छ ।
यो तथ्याङ्क हेर्दा नेपाली चलचित्रको ट्रेलरले नेपाल बाहिर पनि व्यापक दर्शक वर्गलाई आकर्षित गर्न सफल भएको देखिन्छ । सम्भवतः यति धेरै देशमा नेपाली चलचित्रको ट्रेलरको ट्रेन्डिङ पहिलो पटक हो र यो आफैँमा नेपाली चलचित्रको इतिहासमा एक रेकर्ड हुनसक्छ ।