•            
    • sajhaonlinetv. com

    • १४ फाल्गुन २०८१, बुधबार ०३:०८

    नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर ट्रेन्डिङ तेस्रो स्थानमा

    यही शुक्रवार सार्वजनिक भएको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर ट्रेन्डिङ तेस्रो स्थानमा परेको छ । मुख्य ट्रेन्डिङमा रहेका ५० वटा भिडियोहरूमा नेपाली मनोरञ्जनात्मक सामग्री ट्रेलर मात्र रहेको छ।
    ट्रेलरले विशेष गरी सबै खाडी मुलुक, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखाएको छ।
    चलचित्रले भारतीय चलचित्र उद्योगहरूको विशाल संसारमा समेत ट्रेन्डिङमा प्रवेश गरी अर्को इतिहास कायम गरेको छ। यस्तै जापान, अस्ट्रेलिया, रोमानिया, माल्टा, मलेसिया, दक्षिण कोरिया तथा बेलायत लगायतका देशमा समेत ट्रेलर ट्रेन्डिङमा छ।
    यो तथ्याङ्क हेर्दा यस चलचित्रको ट्रेलरले नेपालसहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा उल्लेख्य प्रभाव छोडेको छ। चलचित्रका निर्देशक सशान कँडेलले चलचित्रको प्रचारात्मक सामग्रीलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे।
    यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली मुख्य भूमिकामा छन्। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।
    यस फिल्मको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्। यो फिल्म फागुन २३ गतेबाट रिलिज हुँदैछ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै