•            
    • sajhaonlinetv. com

    • १ बैशाख २०७९, बिहीबार १६:२३

    रानीको ‘म त तिम्रै हुँ’ सार्वजनिक

    नायिका केकी अधिकारी र मोडल निक्स शर्माको दम्दार अभिनय रहेको ‘म त तिम्रै हुँ’ गीतको म्युजिक भिडियो युटुभमा सार्वजनिक भएको छ । ।

    रानी शाक्य र गायक प्रकाश तिमल्सिनाको सुमधुर स्वर रहेको गीत ‘म त तिम्रै हुँ’ सार्वजनिक गरिएको छ । मदन घिमिरेको शब्द रहेको यो गीतमा मनोज मालीको संगीत छ । गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।
    रामेश्वर हुमागाँइको छायाङ्कन रहेको भिडियोमा अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

    भिडियो फिल्म निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् । घिमिरेले केकी र निक्सको रोमान्टिक केमेस्ट्री देखाएका छन् । अमेरिकामा रहेर पनि रानी गायनमा क्रियाशील रहँदै आएकी छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै