काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रमा उदयमान एक सृजन्सिल चलचित्र निर्माता तथा कलाकर हुन प्रिन्स युवराज कार्की । कार्कीको जन्म सर्लाही जिल्लाको हरिवन नगरपालिकाको पुरानो बजारमा भएको हो। सानैदेखि चलचित्र र कलाप्रति विशेष रुचि राख्ने कार्कीले आफ्नो प्रारम्भिक शिक्षा नेपालमै पूरा गरे। उच्च शिक्षाका लागि सर्ब प्रथम उनि ब्रुनाइ पुगे केहि समय ब्रुनाइमा अध्द्यन गरे, पछि उनि त्यहा बाट थप अध्ध्यनको लागि सिङापुर पुगे जहा उनले आतिथ्य र व्यापार व्यवस्थापनको अध्यन पुरा गरे पछि केहि बर्ष सिङापुरमै बसेर खाद्य तथा पेय प्रबन्धकको रुपमा काम गरे त्यति खेर सिङापुरको नाम चलेको कम्पनिमा उच्च ओहदामा बसेर काम गर्ने थोरै नेपालीहरु मध्य कार्की एक थिए उनले दर्जौनौ नेपाली हरुलाइ आफुले काम गर्ने कम्पनीमा काम दिलाएका थिए जुन कुरा लाइ उनको साथि भाइहरुले अहिले पनि मुक्त कन्ठले प्रसम्शा गरेको सुन्न पाइन्छ ।
करिब १४ बर्ष अघि अमेरिका पुगेका कार्कि अहिले एक सफल ब्यवसाहिको रुपमा अमेरिकामा उदाएका छन । उनले अमेरिकामा बसेर ब्यवशायको साथ साथै नेपाली कला र संस्कृतिप्रतिको लगावलाई पनि निरन्तरता दिएका छन ।
व्यावसायिक यात्रा:
अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा बसोबास गर्दै आएका कार्कीले त्यहाँ आफ्नै व्यवसाय स्थापना गरी सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन उनले त्यहा काफल रेस्टुरेन्ट , एवरेस्ट रेस्टुरेन्ट ,एवरेस्ट डिजिटल नामक फुड टेक्नोलोजि कम्पनि तथा रियल स्टेट ब्यवशाय मा समेत सम्लग्न हुदै आफ्नो व्यवसायिक यात्रा लाइ अगाडि बढाउदै लगेका छन उनले नेपाली कला र चलचित्र क्षेत्रमा पनि योगदान पुर्याउने उद्देश्यले विभिन्न परियोजनाहरूमा संलग्न भैरहेका छन
चलचित्र निर्माणमा योगदान:
१. ‘तेल भिसा’ (२०२४): अमेरिकामा रहेका नेपालीहरूको जीवन संघर्ष र अनुभवलाई आधारित यो चलचित्रमा प्रिन्स युवराज कार्की कार्यकारी निर्माताको भूमिकामा रहेका छन्। जुन चलचित्र ले नेपाल को करिब एक दर्जन भन्दा बढि सिनेमा घर हरु मा गौरबमय ५१ दिन मनाएको थियो यस चलचित्रमा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो चलचित्र मंसिर ७ गते प्रदर्शनमा आएको थियो।
२. ‘चि मुसी चि’ (२०१८): यस चलचित्रमा पनि कार्की प्रस्तुतकर्ताको भूमिकामा रहेका छन्। चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सामाजिक संलग्नता:
प्रिन्स युवराज कार्की सामाजिक सञ्जालमा पनि सक्रिय छन्। उनले आफ्नो फेसबुक पेजमार्फत विभिन्न सामाजिक, सांस्कृतिक र चलचित्र सम्बन्धी गतिविधिहरूमा सहभागी हुने गरेका छन्। उदाहरणका लागि, उनले ‘तेल भिसा’ चलचित्रको बारेमा आफ्नो फेसबुक पेजमा जानकारी साझा गरेका छन्।
कार्कीले थुप्रै म्युजिक भिडियोमा समेत मोडेलिङ गरेका छन् । उनले तेस्रो बिराट फिल्म एण्ड म्युजिक अवार्ड-२०८१ बाट सर्बोत्कृस्ट मोडेल (पब्लिक चइस) को अवार्ड प्राप्त समेत गरेका छन । जुन अवार्ड उनले अभिनय गरेको चमेली फुलको हजुर बाट प्राप्त गरेका हुन ।
निष्कर्ष:
प्रिन्स युवराज कार्कीको जीवन यात्रा नेपाली कला, संस्कृति र चलचित्रप्रतिको समर्पणको उदाहरण हो। अमेरिका मा व्यवसायिक क्षेत्रमा सफल हुँदै अघि बढेका कार्कि अहिले पनि आफ्नो मातृभूमिप्रतिको प्रेमलाई चलचित्र निर्माण मार्फत अभिव्यक्त गरि रहेका छन्। उनको यो प्रयासले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएको छ । जुन कुरा लाइ केहि समय अघि NTV को लागि महानायक राजेश हमाल ले चलाएको कार्यक्रम “सफलता को कथा” मा हमाल ले कार्कि सग गरेको सम्बाद मा देख्न सकिन्छ जहा कार्किले हमाल सग आफ्ना कुरा हरु खुलेर बताएका छन।